संयुक्त राष्ट्र संघको महासभाले २०२३ लाई अन्तर्राष्ट्रिय बाजरा वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । आफ्नो घोषणाको लागि, भारतले संयुक्त राष्ट्र खाद्यतथा कृषि संगठन एफएओलाई प्रस्ताव पेश गरेको थियो । भारतको यस पहलमामोटाअन्नलाई महत्वदिने उद्देश्यले यो निर्णय लिइएको हो ।
जलवायु परिवर्तन र कोदो
कोदोले जलवायु परिवर्तन र गरिबी विरुद्ध सुरक्षा प्रदान गर्दछ । यीखाना, पोषण, चारा र जीविको पार्जनका राम्रा स्रोत हुन यसका साथै, यी बालीहरू अत्यधिक तापक्रम, बाढी र खडेरी पनि सहन सक्षम छन् । गहुँ र धान खेतीबाट प्रति हेक्टर औसत उत्सर्जन क्रमशः ३९६८ किलोग्राम छ । प्रति हेक्टर र ३४०१ किलोग्राम । प्रति हेक्टर । जबकि मोटा अन्नबाट उत्सर्जन ३२१८ किलोग्राम हुन्छ । प्रति हेक्टर। क्म उत्सर्जन हुने भएकाले कोदोले जलवायु परिवर्तनको प्रभाव कम गर्न पनि मद्दत गर्छ ।
विज्ञान, प्रविधि र नीतिअध्ययन केन्द्रका अनुसार, धान र गहुँ जस्ता पानी बढी खाने बालीहरूको तुलनामा कम वर्षा, उच्च देखि मध्यम तापक्रम र पर्याप्त सूर्यको प्रकाश चाहिने बाजरा जस्ता बालीहरूलाई प्रवद्र्धन गर्नु महत्त्वपूर्ण छ । सन २०५० सम्ममा, हरितगृह ग्यास उत्सर्जन ५ करोड टन र पानीको प्रयोग ३०० अर्ब घनमिटरले घटाउन सकिन्छ ।
तापक्रममा भएको वृद्धि, मनसुनमा आएको परिवर्तन र चरम जलवायु घटनाहरूमा निरन्तर वृद्धिले देशमा खाद्य सुरक्षाको लागि संकट सिर्जना गरिरहेको छ । एक अध्ययन अनुसार, प्रमुख खाद्यबालीहरू (गहुँ, धान आदि) यी परिवर्तनहरू प्रति संवेदनशील हुन्छन बाली उत्पादन मिश्रणमा मोटा अन्नलाई समावेश गरेर खाद्यसुरक्षाको सन्दर्भमा जलवायु परिवर्तनले निम्त्याएको चुनौतीहरूको सामना गर्न सकिन्छ ।
कोदो पोषिलो अन्नबालि त हो नै । अब यसको अर्को परिचय पनि थपिएको छ – ‘जलवायु परिवर्तनको असर थेग्ने बाली ।’ धेरैले यो बालिलाई हेपिएको बालिपनि भन्छन् । किनकी अन्य बालि नहुने, पानी कम पर्ने र मिहेनत कम गर्नु पर्ने अवस्थामा यसलाई लगाइन्छ । भिरालो, गह्रानमिलेको र सिंचाइ नपुग्ने ठाउँमा खेती गर्नु परे कोदोकै छनोट गरिन्छ । त्यसैले अन्नबालिमा अझै पनि नेपाल सहितका केही मुलुकमा यसलाई महत्वको सूचिमा राखिँदैन । कति स्थानमा त अझै पनि ‘कु’बालिका रूपमा यसलाई लिइन्छ ।
तर, अब अवस्था फेरिएको छ । होटल, रेस्टुरेन्ट र स्टार होटलमा पनि खानाको सूचीमा कोदोका परिकार (ढिँडो, रोटी) अग्रस्थानमा पर्न थालेको छ । अनि, अन्य खाना भन्दा यसको मुल्य पनि बढी नै छ । यसो हुनुको मुख्य कारण भनेकै यसको गुण बुझ्नु हो, स्वास्थ्यलाई सकरात्मक असर गर्छ भन्ने चेत खुल्नु हो । यसको माग बजारमा बिस्तारै बढ्दै जाँदा खेतीगर्न किसानले मात्रै होइन विभिन्न मुलुकले पनि यो बालिको महत्व बुझ्दैछन् । कारण – बजारमा माग बढ्नु मात्रै होइन, जलवायु परिवर्तनको असर थेग्न सक्ने र उत्पादन राम्रो दिइरहन सक्ने बालि भएर हो ।
नेपालको भौगोलिक अवस्था अनुसार कोदो राम्ररी उत्पादन गर्न सकिन्छ । कोदोलाई व्यवसायिक रूपमा खेती गर्ने मुलुक धेरै छन् । पछिल्लो समय कोदोको चर्चा नेपालमा मात्रै होइन विश्वभर नै हुनथालेको छ । संयुक्त राष्ट्रसंघले सन २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदो जन्य बालीवर्ष’ घोषणा गरेपछि यसको महत्व अझै चुलिएको छ ।
दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मोटो अन्नले पनि महत्त्वपूर्ण योगदान दिन सक्छ । यसले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, पारिस्थितिक प्रणाली पुनस्र्थापना र महिला सशक्तिकरणमा योगदान र्पुयाउन सक्छ । उदाहरणका लागि, ओडिशा बाजरा मिसन अन्तर्गत, ७२ लाख महिलाहरूलाई कृषि–उद्यमीको रूपमा प्रवद्र्धन गरिएको छ । यसबाहेक, मोटा अन्नले पोषण र गरिबी निवारणमा पनि मद्दत गर्न सक्छ ।
राष्ट्रसंघको ७५औँ महासभाले सन २०२१ मार्चमा यो वर्षलाई ‘कोदो जन्य बालीवर्ष’ का रूपमा मनाउने घोषणा गरेको थियो । राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठनका अनुसार ‘कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न’ यस्तो घोषणा गरिएको हो । फल स्वरूप नेपालले पनि कोदोलाई नीतिगतरूपमा नै प्राथमिकता दिएको छ । आर्थिक वर्षको बजेटमा यसको खेती विस्तार गर्ने योजनालाई समेटेको छ । ‘रैथानेमा गर्व गरौं ।’भन्ने नारा राख्दै यसको विकास, संरक्षर र विस्तार गर्ने लक्ष सरकारको छ ।
आर्थिक वर्ष २०८० र ०८१ को बजेटको ८८ नंबर बुँदामा भनिएको छ, ‘रैथानेमागर्व गरौँ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्नबालीको बिऊ संरक्षण गरी खेती विस्तार गरिनेछ । जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा, गुल्मीको कफी, मुस्ताङ्गको आलु लगायतका उत्पादनको व्राण्डिङ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिनेछ । कर्णाली प्रदेश लगायत विभिन्न स्थानका मार्सी, कागुनो, कोदो, फापर, जौ, लट्टे, सिमी लगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनी मार्फत खरिद गरिनेछ ।’
यो बुँदामा उल्लेख भएको ‘कर्णाली प्रदेश लगायत विभिन्न स्थानका मार्सी, कागुनो, कोदो, फापर, जौ, लट्टे, सिमी लगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनी मार्फत खरिद गरिनेछ’ भन्ने वाक्यले नै कोदो सरकारको प्राथमिकतामा परेको बुझाउँछ । हाल नेपालको कुलदुई लाख ६० हजार हेक्टर क्षेत्रफलमा कोदो खेति हुन्छ । यति क्षेत्रबाट उत्पादन भने वार्षिक ३ लाख २५ हजार मेट्रिक टनको हाराहारीमा रहेको सरकारी तथ्यांकले देखाउँछ । कृषितथा पशुपन्छी विकास मन्त्रालयले गतवर्ष प्रकाशित गरेको तथ्यांक अनुसार विगत १० वर्षमा कोदो जन्य बाली हुने क्षेत्रफल क्रमशः घट्दो क्रममा गएको देखिन्छ । नेपालमा मुख्यतः चारखाले कोदो बाली लगाइन्छ ।
कुनै समयको महत्वपूर्ण खाद्यान्न बालीकोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने गर्दछ ।
तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ । गाउँ घरमा कोदोको प्रयोग कम हुँदै गएको भएपनि शहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका गर्छन । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्यतथा कृषि संगठनका अनुसार कोदो ‘पोषिलो अन्न’ मा पर्छ । अन्तर्राष्ट्रिय कोदोजन्यबालीवर्ष’को प्रचार प्रसारका लागि उसले बनाएका सामग्रीमा कोदोलाई फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन र मिनरल युक्त खाद्य भनिएको छ । यसमा आइरनको मात्रा पनि पाइने र ‘ग्लुटन’ नभएको उल्लेख छ ।
हलै खाद्य उत्पादनमा आत्मनिर्भर छ, तर यसले अझै पनि कुपोषणको गम्भीर समस्याको सामना गरिरहेको छ । यो समस्या समाधान गर्न मोटो दानाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसका साथै, तिनीहरूले पानी संरक्षण र जलवायु परिवर्तनको समस्या समाधान गर्न पनि प्रमुख भूमिका खेल्न सक्छन् यसका लागि सरकारले मोटा अन्नको उत्पादन र बजारीकरणमा सहयोग गर्नु आवश्यक छ र सार्वजनिक वितरण प्रणालीमा यी उत्पादनहरूलाई महत्त्व दिएर आम जनतालाई तिनीहरूको उपलब्धता सुनिश्चित गर्नु पर्छ । —लेखक गोल्ड मेडलिष्ट वरिष्ठ भेटेरिनरी कन्सल्टेन्ट, कुखुरा स्वास्थ्य व्यवस्थापन परामर्शदाता पशु चिकित्सक हुन ।
Add Comment