समाचार

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनको तयारी पुरा : उद्घाटन भोलि

काठमडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनको तयारी पुरा भएको सो पार्टीले जनाएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रचार विभागले पत्रकार सम्मेलन गरि सो कुराको जानाकारी दिएको हो । प्रथम महाधिवेशन भोली माघ २७,गते सुरु भई २८ र २९ गते सम्म प्रज्ञाभवन काठमाडौँमा हुदै छ ।

पत्रकार सम्मेलनमा महाधिवेशनबाट नयाँ शक्तिको नयाँ नेतृत्व चयन हुने जसमा पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष सहित केन्द्रीय समिती चयन हुने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। शर्माले २०७२ सालमा स्थापना भएको नयाँ शक्तिलाई नयाँ ढंगले निरन्तरता दिएको र आन्तरिक लोकतन्त्र उदाहरण महाधिवेशनले दिने बताए । पुराना राजनीतिक पार्टीले सार्वभौम अधिकार प्रयोग गरेर पार्टी सदस्यले नेतृत्व चुन्छन् भन्ने नयाँ शक्तिको महाधिवेशनबाट सिक्ने शर्माले बताए ।

महाधिवेशन देशभरबाट १५सय प्रतिनिधि उपस्थित हुँदैछन । ती प्रतिनिधिले पार्टीका अध्यक्ष, पदाधिकारीहरू समावेशी र समानुपातिक आधारमा प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा चुन्ने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनले पार्टीको केन्द्रिय समिति सदस्य ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने व्यवस्थासहितको विधान अनुमोदन त्यस्तै पार्टी सचिवालय सदस्य एवं व्यवस्थापन समिति संयोजक हिसिला यमिले सम्मेलनमा तीस देखि पचास लाख सम्म खर्च हुने र त्यो स्वेच्छिम सहयोगबाट जुट्ने बताईन ।