वडोदरा । गुजरातको वडोदरामा रहेको महिसागर नदीमाथिको पुल बुधबार बिहान भत्कियो । दुर्घटना हुँदा सवारी साधनहरू पुलबाट तर्दै थिए। पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा सहित पाँचवटा सवारी साधन नदीमा खसेका थिए । एउटा ट्याङ्कर भाँचिएको अवस्थामाछेउमा अड्किएको थियो ।
समाचरका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ८ जनालाई स्थानीय जनताले उद्धार गरेका छन् । दुई जना बेपत्ता छन् । तीनवटा दमकल टोली उद्धार कार्यमा संलग्न छन् । यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।
पुल भत्किँदा दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता शहरहरूबाट सौराष्ट्र पुग्न बढी समय लाग्नेछ । यस्तो अवस्थामा अब यसका लागि अहमदाबाद हुँदै लामो बाटो रोज्नुपर्नेछ ।
Add Comment