विचार-अन्तर्वार्ता

नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ गर्ने दुवाल भन्छन्, युवालाई स्वदेशमै अवसर छ

काठमाडौं । इको प्यानलको पर्यायबाची नाम हो, इन्जिनियर कृष्णभक्त दुवाल । उनकै नेतृत्वमा नेपालमै पहिलो पटक इको प्यानल उत्पादनको शुभारम्भ भएको थियो । इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । उनि नेपाल इको प्यानलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सिइओ हुन । भक्तपुरको रैथाने नेवार समुदायमा जन्म भएको हो उनको । पारिवारिक रूपमा इँटा उद्योगमै संलग्न परिवारबाट हुन । उनको बसाई भक्तपुर नगरपालिका महालक्ष्मीस्थान क्षेत्रभित्र छ ।

उनले इन्जिनियरिङ अध्ययनका लागि ललितपुरको पुल्चोकस्थित पुल्चोक इन्जिनियरिंग कलेजबाट नवीकरणीय ऊर्जामा स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् । साथसाथै उनि चीनको उहानबाट विद्यावारिधी पनि गर्दै छन् । २०७२ सालको गोर्खा भूकम्पले नेपालमा पुनःनिर्माणमा प्रयोग हुने ढुङ्गा, इँटा, बालुवा, गिटी, काठ आदिको अभाव अनुभवपछि, उनले वातावरणमैत्री तथा भूकम्प प्रतिरोधी विकल्प खोज्न थालेका थिए । अन्तर्राष्ट्रिय अध्ययन भ्रमण—चीन, इटाली, जापान, बहराइन, जर्मनी लगायत देशहरूमा गरी “प्रि–फ्याब” निर्माण प्रविधिको अनुभव सँगाले छन् । त्यसपछि स्थापना भयो नेपालमै प्हिलो पटक भक्तपुरमा नेपाल इको प्यानलको उत्पादन कारखाना ।

भूकम्पपछि “गोर्खा इको प्यानल“ उद्योगमा प्रारम्भिक भूमिकामा रहे । पछि आफ्नै ब्रान्ड नेपाल इको प्यानल भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलमा स्थापना गरे । उनले त्यहाँं १० रोपनी जग्गामा कारखाना संचालन गर्दै उत्पादन थालिरहेका छन् । उनि उद्योगमा करिब रु २० करोड पनि लगानी गरी उत्पादन र बजार विस्तारका लागि ७७ जिल्लामा डिलर नेटवर्क विस्तार गर्ने लक्ष्यमा छन् । मासिक कारोबार रु ६ करोडसम्म हुने आकलन छ उनको ।

इको प्यानल ‘ड्राइ–वाल’ हो—इँटा/ब्लकभन्दा हलुका र कम घनत्व (६५० किलो/म³), इँटा वा ब्लकको १,८०० किलो÷म³ भन्दा निकै कम । निर्माणमा पानी प्रयोग हुँदैन । भूकम्प प्रतिरोधी, ध्वनि शोषण गर्ने एवं हलुका भएकोले लान पुरयाउन सजिलो हुन्छ यो सामान । त्यही कारण हिमालदेखि पहाडसम्म पनि प्रख्यात छ उनको इको प्यानल । जहाँं यातायातको राम्रो सुविधा छैन, त्यस्ता ठाउँंका लागि पारबहनको हिसावले स्वर्ग यो यो सामान अर्थाृत् नेपाल इको प्यानल ।

उद्योगमा विश्वविद्यालय तहका ३ जना विद्यार्थी इंटर्न साथीका रूपमा, साथै ५ प्राविधिक र करिब २५ कर्मचारीहरू सक्रिय छन्, जसमध्ये १५ जना विशेष प्यानल जडानमा विशेषज्ञ छन् उनको कारखानामा । अध्ययन अनुसन्धानमा केन्द्रित उनिसँंग अध्यापनको पनि लामो अनुभब छ । उनि नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा उपप्राध्यापक तथा ख्वप कलेज देकोचा भक्तपुरमा वातावरण विज्ञान विषयमा अध्यापन गर्छन दसक वढी समयदेखि ।

युवा व्यवसायीका रूपमा मान्यता प्राप्त, विभिन्न माध्यमबाट सम्मान समेत ग्रहण गरिसकेका दुवाल निर्माण प्रविधिमा दीगोपन, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा जोडदार रुपमा पुरा गर्छन् । साथै युवालाई स्वदेशमै अवसर छ भनेर पनि खुव लाग्छन । उनि सधैं  निरन्तर युवा वर्गलाई पनि उद्यमशीलतामा सहभागी गराउँदै अग्रसर रहन्छन् ।

संक्षेपमा इन्जिनियर कृष्णभक्त दुवाल एक दक्ष नवप्रवर्तनशील इन्जिनियर, उद्यमी, समाजसेवी र शिक्षक हुन, जसले नेपालमा वातावरणमैत्री निर्माण प्रविधि— इको प्यानललाई एउटा सफल ब्रान्डका रूपमा विकास गरेका छन् ।
नामः इन्जिनियर कृष्णभक्त दुवाल
पेशाः उद्यमी, इन्जिनियर, शिक्षक
कम्पनीः नेपाल इको प्यानल (संस्थापक तथा सिइओ)
शिक्षाः पुल्चोक इन्जिनियरिङ क्याम्पस–नवीकरणीय ऊर्जा
थलोः भक्तपुर, नेपाल
विशेषताः भूकम्प प्रतिरोधी, वातावरणमैत्री, पानी बिना निर्माण गर्न सकिने प्यानल उत्पादन, २०७२ सालको भूकम्पपछि सुरक्षित र सस्तो निर्माण सामाग्रीको विकल्प खोज्दै इको प्यानल उद्योग स्थापना, निर्माण क्षेत्र, वातावरण संरक्षण र दिगो विकासमा समर्पित, नेपाल इन्जिनियरिङ कलेज र ख्वप कलेजमा प्राध्यापन र उत्पादनः हलुका, सस्तो, बलियो निर्माण प्यानल ।