Home » Sample Page » लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा “हङ्गर रिलिफ“ कार्यक्रम अन्र्तगत लायन ओल्डएज होमलाई सहयोग
विविध

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा “हङ्गर रिलिफ“ कार्यक्रम अन्र्तगत लायन ओल्डएज होमलाई सहयोग

काठमाडौं । लायन्स क्लब अफ नेपाल जर्नालिष्टले विश्वव्यापी “हङ्गर रिलिफ“ कार्यक्रमको एक भागको रूपमा धुम्बाराही लायन वृद्धाश्रम धुम्बराहीलाई रु.२०,००० रुपैयाँ सहयोग गरेको छ । उक्त कार्यक्रमा क्लब प्रसिडेण्टा, लायन रीता ढकाल दवाडी, क्लब सेक्रेट्री लायन सन्तोष कुमार नेपाल, चार्टर्ड प्रसिडेण्ट लायन योगेन्द्र प्रताप शाही, डिष्ट्रिक्ट मिडिया चिफ लायन दामोदर प्रसाद दवाडी, डिष्ट्रिक्ट एडिश्नल सेक्रेट्री नेत्र प्रसाद न्यौपाने र सिनियर सिटिजन चिफ तथा वृद्धाश्रम प्रसिडेण्ट लायन धनराज भडेल सहितको उपस्थितिमा सम्पन्न भएको थियो ।

आयोजित कार्यक्रममा क्लब प्रसिडेण्ट रीता ढकाल दवाडीले लायन वृद्धाश्रमका प्रसिडेण्ट धनराज भडेललाई २०,००० रुपैयाँको दान हस्तान्तरण गरिन् । प्रसिडेण्ट दवाडीले सम्बोधन गर्ने क्रमा लायन वृद्धाश्रमा रहेका आमाहरूलाई थोरै मात्रामा भए पनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “म आफैं पनि एक छोरी हुँ र यति धेरै आमाहरूलाई भेट्न पाउँदा म धेरै खुसी छु ।“ उनले भविष्यमा क्लबले थप सहयोग गर्न सक्ने हार्दिक प्रतिबद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै वृद्धाश्रमका प्रसिडेण्ट धनराज भडेलले कुरा गर्ने क्रमा लायन वृद्धाश्रमको इतिहासको बारेमा केहि संक्षिप्तमा जानकारी दिएका थिए । उनले जग्गा प्राप्ति र भवन निर्माण गर्दाे सामना गर्नु गरेका केही विषय र चुनौतीहरू साझा गरेका थिए । धुम्बाराही लायन वृद्धाश्रमले हाल १४ जना आमाहरूलाई सेवा दिइरहेको र थप सहयोगका साथ यसको क्षमता विस्तार गर्ने योजना रहेको उनले बताए । उनले लायन्स क्लब अफ नेपाल जर्नालिष्टका पत्रकारहरू र उपस्थित सबैलाई उनीहरूको योगदानको लागि धन्यवाद दिएका थिए । दिउँसो ४ः०० बजे सुरु भएकोे कार्यक्रम लगभग दुई घण्टासम्म चलेको थियो ।