नेपालगञ्ज । युवा गैर सरकारी संस्था महासंघ बाँके शाखाले आज नेपालगञ्मा जेनजी युवाहरु र सरोकारवालाहरु बिच संवाद कार्यक्रम सम्पन्न गरेका छ । लामो समयदेखि गैरसरकारी क्षेत्रका युवा संघसंस्थाहरुलाई संगठित गर्दै उनीहरूको हक–अधिकार सुनिश्चित गर्ने, क्षमता अभिवृद्धि गर्ने र नीति निर्माण तहमा प्रभावकारी भुमिका खेल्ने काम गर्दै आएको युवा गैर सरकारी महासंघ बाँकेले आज नेपालगञ्जका बिभिन्न पालिकाहरुबाट प्रतिनिधित्व हुने गरि आयोजना गरिएको युवाको जेनजी आन्दोलन पछिको मनोबिज्ञान र अवस्था बिषयक जेन्जी युवा र सरोकारवाला बिच संम्बाद कार्यक्रम गरेको हो ।
जेनजी युवा र सरोकारवालाहरुको बर्तमान मनस्थिति, आशा, र अपेक्षाहरु संकलन गरी दस्ताबेजीकरण गर्ने, देशमा बिद्यमान अबस्था र त्यसले पारेको प्रभावका बिषयमा छलफल गरि साझा धारणको बिकास गर्ने, जिल्ला स्थित सरोकारवाला जेृनजी युवा र आम नागरिक बिच परस्पर समन्वय र सहकार्यको बिकास गर्ने उद्धेश्यले नेपालगञ्जको वाटरपार्क ,रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बाँके जिल्लाका बिभिन्न पालिकाबाट सहभागी युवा, जोनजी आन्दोलन पश्चात युवा लक्षित बिभिन्न कार्यक्रममा सक्रिय युवाहरु, नगर स्तरिय सञ्जालका युवाहरुको सहभागीतामा उक्त संवाद कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी युवा जेनजीहरु चन्द्र प्रशाद जैशी, हर्षित पाण्डे, पत्रकार लक्ष्मी तिमिल्सेना, सागर आचार्य, अजुर्न धिताल, सालिया हासमी, कल्पना अधिकारीले भाद्र २३ र २४ पश्चात जेनजी युवाहरुको मनोबिज्ञान र पछिल्लो राजनितिक परिदृश्यका बारेमा जिज्ञाषा राखेका थिए । संवाद कार्यक्रममा युवाहरुले राखेका जिज्ञाषाहरुमा देशमा भएको आन्दोलन पश्चात पनि देशको अबस्था उस्तै रहेको, जेनजीको माग देशमा सुशासन स्थापनाको माग थियो ना की निर्बाचनको, युवापुस्ता मत दिनकै लागि जन्मेका हैनन्, आगामी निर्बाृचन धाँधलीपुर्ण रहित सम्पन्न गर्न सरोकारवालाको योजना के कसो रहेको छ ? जति उत्साह आन्दोलताका युवा पुस्तामा रहेको थियो जुन अहिले हराउँदै गईरहेको, युवा आतंकारी नभई परिबर्तनकारी भएको, युवाहरुले नै सरकारी कार्यालाय जलाए भन्ने आरोप खेप्नु परेपनि जुन जेनजी युवाहरुबाट भई घुषपैठबाट भएको जसको ज्वलन्त उदाहरण आफुहरुले नै गर्दा संगठित भई आक्रमन हुन लागेको कारागार बचाएको, हामी युवाहरुले मुहार परिबर्तन गर्न नभई ब्यवस्था परिबर्तन गर्न खाजेको, जेनजीको आन्दोलनबाट परिबर्तत देशको अबस्थामा जेनजीको नाममा पार्टीको हितमा काम गरिरहेको, निर्बाचन भन्दा पहिले उम्मेदवारहरु सँग खुल्ला मञ्चमा रहेर हामी युवाहरुले संवाद गर्नु पाउनुपर्ने लगायतका रहेका थिए ।
सहभागीहरुबाट आएका जिज्ञाषाहरुको जवाफ दिदै कार्यक्रमका अतिथि तथा सरोकारवाला ब्यक्तिहरु जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक जिवन बहादुर थापा,नेपालगञ्ज उपमहानगरपालिकाका निबर्तमान उप प्रमुख उमा थापामगर, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह , नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, गैर सरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले मन्तब्यकै क्रममा सहभागीहरुबाट आएका जिज्ञाषाहरुको जवाफ दिएका थिए ।
३५ जनाको उपस्थितिमा आयोजित उक्त संवाद कार्यक्रम युवा गैर सरकारीसंस्था महासंघ बाँकेका अध्यक्ष माधव कार्कीको अध्यक्षता सम्पन्न भएको थियो । संवाद कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि युवा गैर सरकारी संस्था महासंघका कोषाध्यक्ष मोहनलाल सोनखरले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन युवा गैर सरकारीसंस्था महासंघ बाँकेका सचिव गणेश प्रशाद भट्टराईले गरेका थिए भने जेनजी युवाहरु र सरोकारवालाहरु बिच कार्यक्रमको बिषबस्तुका बारेमा खुल्ला छलफलको रुपमा सहजीकरण नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले गरेका थिए ।








Add Comment