चितवन, साउन २ — अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १०:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार धादिङलगायत छिमेकी जिल्लामा निरन्तर वर्षा भइरहेको तथा थप वर्षाको पूर्वानुमान रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै थप सूचना, समन्वय तथा आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित निकायका सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।








Add Comment