अन्तराष्ट्रिय

फेसबुकको डेस्कटप संस्करणमा प्राविधिक समस्या, अकाउन्ट स्वतः लगआउट

काठमाडौं, साउन ३ — सामाजिक सञ्जाल फेसबुकको डेस्कटप संस्करणमा आइतबार दिउँसो प्राविधिक समस्या देखिएको छ। करिब १:३५ बजेदेखि प्रयोगकर्ताका अकाउन्ट स्वतः लगआउट हुने, पेज लोड नहुने तथा “Account Temporarily Unavailable” सन्देश देखिने समस्या आएको हो।

डाउन डिटेक्टरमा पनि फेसबुक सेवामा समस्या देखिएको रिपोर्ट गरिएको छ। उपलब्ध विवरणअनुसार समस्या करिब १:३० बजेदेखि सुरु भएको देखिएको छ।

समस्याको वास्तविक कारणबारे भने फेसबुकको मातृ कम्पनी मेटाले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।