समाचार

विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार गणभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा बिहीबार साँझ करिब ५ बजे करेन्ट लाग्दा ३० वर्षीय सुदिम खत्रीको मृत्यु भएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थायी घर भएका खत्री सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत थिए।

करेन्ट लागेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।