विविध

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, दुवैतर्फको यातायात अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा मंगलबार बिहानदेखि सडक दुवैतर्फ अवरुद्ध भएको छ।

प्राप्त जानकारीअनुसार बिहान ८:५० बजे पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो हटाउन सम्बन्धित निकायले डोजरसहित आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ।

करिब डेढ घण्टाभित्र पहिरो पन्छाएर सडक पुनः संचालनमा ल्याउने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ। यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।