काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराको हँसिया प्रहारबाट बाबुको मृत्यु भएको छ।
प्रहरीका अनुसार २६ वर्षीय पारस घर्तीले आफ्नै बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि पारस घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment