विविध

धार्मिक आस्थासम्बन्धी सामग्री पोस्ट गरेको आरोपमा एक पक्राउ

सुर्खेत । सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा असर पुग्ने र समाजमा भ्रम फैलाउने खालका भिडियो तथा तस्बिर सार्वजनिक गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समीर थापा, जसले आफूलाई “पाथीभरा माता” भनेर चिनाउने गरेका छन्, उनलाई मंगलबार राति करिब ८:३० बजे पक्राउ गरिएको हो।

प्रहरीले सामाजिक सद्भावमा नकारात्मक असर पर्ने र धार्मिक विश्वासमाथि प्रभाव पार्ने सामग्री सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। पक्राउ परेका थापामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।