काठमाडौं । अमेरिकाले बुधबार इरानमाथि पुनः हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले इरान समर्थित समूहले मध्यपूर्वमा रहेका अमेरिकी सैनिकमाथि गरेको आक्रमणको जवाफस्वरूप कारबाही गरिएको दाबी गरेको हो।
अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार अमेरिकी समयअनुसार बुधबार साँझबाट इरानका विभिन्न स्थानमा लक्षित हवाई आक्रमण सुरु गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका थिए।
यसबीच इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको स्वीकार गरेको छ। इजिप्टको डामियेट्टा बन्दरगाहमा रहेको अमेरिकी स्वामित्वको ग्यास ट्यांकरमा ड्रोन आक्रमण भएको दाबी पनि गरिएको छ, यद्यपि त्यसको जिम्मेवारी कसैले लिएको छैन।
यस घटनासँगै इराक, जोर्डन, साउदी अरेबिया र होर्मुज जलडमरूमध्यसम्म तनाव फैलिएको छ। बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत उल्लेखनीय रूपमा बढेको छ। युद्धका कारण मध्यपूर्वमा थप अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ.








Add Comment