समाचार

सुनसरी घटनाको विरोधमा माइतीघरमा आमरण अनशन

काठमाडौं ।  सुनसरीमा भएको घटनाको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरिएको छ।

प्रदर्शनकारीहरूले घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क उपचार र क्षतिपूर्ति उपलब्ध गराउन, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

उनीहरूले हिन्दुहरूमाथि भइरहेको अन्यायको अन्त्य गर्न, सामाजिक सद्भाव कायम राख्न र दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

माग पूरा नभएसम्म अनशन र आन्दोलन जारी रहने प्रदर्शनकारीहरूको चेतावनी छ।