काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति करिब २ बजे चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीका अनुसार तामाङको खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ र उपचार भइरहेको छ।
प्रहरीले तामाङ यसअघि कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका व्यक्ति रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment