विविध

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

सुनसरी । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

प्रहरीले धरान उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रन्जित विकलाई पक्राउ गरेको जनाएको छ।

सुनसरी जिल्ला अदालतले लागुऔषध मुद्दामा उनलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तान गरिरहेका बेला जेन्जी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।

प्रहरीले फरार रहेका विकलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।