विविध

रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का रोल्पा तथा आसपासका क्षेत्रमा महसुस गरिएको केन्द्रले जनाएको छ।

हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।