काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरमा १०९ किलोग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गमा बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 09 M 3766 को कार जाँच गर्ने क्रममा गाडीको विशेष भागमा लुकाएर राखिएको २३ वटा प्याकेटमा करिब १०९ किलोग्राम (प्लास्टिकसहित) गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाका २६ वर्षीय चालक दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमार रहेका छन्।
बरामद गाँजा, कार तथा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








Add Comment