काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।
ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ का गणेश थापा तथा नाम, थर र ठेगाना नखुलेका एक सहचालक (हेल्पर) बेपत्ता भएका छन्।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।








Add Comment