काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नागपोखरी क्षेत्रबाट २९६.७५ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार गरिएको कारबाहीमा प्रहरीले २९६.७५ ग्राम ब्राउन सुगर, लागुऔषधमा प्रयोग हुने रसायन, बा ७ च ५१८० नम्बरको होन्डा कार, विभिन्न प्रकारका लागुऔषध ट्याब्लेट, मोबाइल, स्रोत नखुलेको १ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ नगद तथा विभिन्न विदेशी मुद्रा बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनालाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको एपीएफले जनाएको छ।








Add Comment