काठमाडौँ । इथियोपियाको अमहारा क्षेत्रमा भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घटनामा कैयौँ मानिस अझै बेपत्ता रहेकाले उद्धार तथा खोजी कार्य जारी छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्सादकाने देब्रे मिटमाक सेन्ट मेरी मठमा धार्मिक अनुष्ठान भइरहेका बेला बिहान करिब ७ बजे पहिरो गएको थियो। घटनाका बेला सयौँ श्रद्धालु पवित्र जलबाट शुद्धीकरण गर्ने धार्मिक कार्यक्रममा सहभागी भएका थिए।
डायोसिसका महाप्रबन्धक मेगाबे हादिस नेका तिबेब अबाबूका अनुसार मृतकमध्ये ११ जनाको अन्त्येष्टि मठ परिसरमै गरिएको छ भने अन्य शव आफन्तलाई बुझाइएको छ। केही शवको पहिचान गर्नसमेत कठिन भएको जनाइएको छ।
गम्भीर घाइतेहरूको देब्रे बिरहानस्थित अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रशासन र विपद् व्यवस्थापन टोलीले घटनास्थलमा उद्धार तथा बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएको छ।








Add Comment