काठमाडौँ । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२२ सलोखरीमा प्रहरीले पुरानो पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाअन्तर्गत इलाका प्रहरी कार्यालय सितापुरबाट खटिएको गस्ती टोलीले सबरजित दासमाथि अनुसन्धान गर्ने क्रममा म्यागजिनसहित ९ एमएम जस्तो देखिने पुरानो पेस्तोल बरामद गरेको हो।
घटनामा संलग्न गुरुदेव दास, सञ्जय दाससहित तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ।








Add Comment