विविध

मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजनको उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि उक्त सडकखण्डमा दुवैतर्फबाट सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको सम्बन्धित निकायले जनाएको छ।