विविध

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साउदीबाट पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली रहेका छन्। उनी वारदातपछि फरार रहेका थिए।

नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट एयर अरेबियाको G9 530 नम्बरको उडानमार्फत मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।