खोटाङमा ट्रकबाट १३ सय १५ किलो गाँजा बरामद

खोटाङमा ट्रकबाट १३ सय १५ किलो गाँजा बरामद

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति करिब १०:३० बजे शंकास्पद अवस्थामा रोकिएको प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाई लुकाएर राखिएको १ हजार ३१५ किलो गाँजा फेला परेको हो।

प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। ट्रकका चालक फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply