काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति करिब १०:३० बजे शंकास्पद अवस्थामा रोकिएको प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाई लुकाएर राखिएको १ हजार ३१५ किलो गाँजा फेला परेको हो।
प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। ट्रकका चालक फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment