काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा एक युवक पक्राउ परेका छन्।
घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवन गरेपछि कटवालसँग विवाद भएको र रिसको आवेगमा चक्कु प्रहार गर्दा कटवालको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment