सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा सँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा कालिमाटी–२ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुन मगरलाई भरुवा बन्दुकको गोली लागेको थियो। पेटको तल्लो भाग र कम्मरमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको टोलीले शिकारमा संलग्न मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेईतराम थापा, कुलबहादुर बुढाथोकी र पदमबहादुर श्रीस मगरलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








Add Comment