कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु नगरपालिका–३ देवनगडियाका करिब ६५ वर्षीय सिंह गत साउन २२ गते साँझदेखि सम्पर्कविहीन भएका थिए। उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्ड नजिक रहेको तिलौराकोट सामुदायिक जंगल क्षेत्रमा हराएका थिए।
हराएपछि परिवार तथा सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। खोजतलासका क्रममा साउन २४ गते दिउँसो सोही सामुदायिक वन क्षेत्रमा सिंहको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृत्युको कारण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।








Add Comment