प्युठान । प्युठानमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन तथा सुनसरी खोल्सामा झारपातले छोपेर राखिएको अवस्थामा हतियार फेला पारेको हो।
प्रहरीले १३ थान साबुत भरुवा बन्दुक र दुई थान नाल नियन्त्रणमा लिएको जनाएको छ। बरामद हतियार कसले र के उद्देश्यले त्यहाँ राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment