चितवन । खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका करिब ३५ वर्षीय पुरुषलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पुर्याएको थियो। तर, चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका छन्।
मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले उनको नाम, थर र ठेगाना खुलाउने प्रयास गरिरहेको जनाएको छ।
घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment