म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५:१० बजे हाइड्रोपावर क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा ड्युटीमा रहेका स्थानीय करिब ५५ वर्षीय दीपक बरुवाल पुरिएपछि बेपत्ता भएका हुन्।
पहिरोबाट खसेको ढुंगाले हाइड्रोपावरतर्फ जाने क्रममा रहेका ३१ वर्षीय सुरेन्द्र विकलाई लाग्दा उनी घाइते भएका छन्। उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर बेपत्ता बरुवालको खोजी गरिरहेको छ। घटनाबारे थप विवरण तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








Add Comment