विविध

मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धरमपनियामा बिग्रिएर सडक छेउमा राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तौलिहवा–भैरहवा सडकखण्डमा मर्मतका लागि रोकिएको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकमा लु.८२ प ८६२८ नम्बरको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ का २३ वर्षीय सन्तोष कहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ का शेषराम पासी र दुर्गेश यादव घाइते भएका छन्। उनीहरूको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ।