विविध

इटहरीमा खैरो हिरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ

सुनसरी । इटहरीमा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सरोज काफ्ले र भारतको फारमेन्सगन घर भई हाल इटहरी–८ बस्दै आएका ३२ वर्षीय अवधेश सिंह रहेका छन्।

उनीहरू आफ्नै कोठामा लागुऔषध बिक्री–वितरण गरिरहेको अवस्थामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट १० ग्राम ५७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ तथा दुई थान मोबाइल बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।