सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको स्कुल बसले सडकछेउमा बसिरहेकी स्थानीय गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बस र चालक २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment