Post Views: 2
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर BR02CB2528 को कारले सोही दिशातर्फ गइरहेको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका–२ निवासी ५५ वर्षीय गणेशप्रसाद पाण्डे घाइते भएका थिए। टाउको र पेटमा चोट लागेका पाण्डेलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। उपचारका क्रममा बिहान ११:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि प्रहरीले भारतीय कार र मोटरसाइकलसहित कार चालक बारबर्दिया नगरपालिका–३ का २९ वर्षीय राघव ढकाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment