सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट यात्रुबाहक बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जीपमा चालकसहित चार जना सवार थिए।
दुर्घटनामा जीप चालक दाङका २३ वर्षीय हेमराज बि.सी. र सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना नदीमा बेपत्ता भएका छन्।
घाइते हुनेमा वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम बि.क. र २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन्। दुवै जनाको सल्ली सिटी अस्पताल, सल्लीबजारमा उपचार भइरहेको छ।
प्रहरी र स्थानीय उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।








Add Comment