रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित अन्य ६ वटा घर तथा गोठ पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परी ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ती पुन मगरको मृत्यु भएको छ।
यस्तै, २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ।
पहिरोमा अन्य व्यक्तिसमेत पुरिएको हुन सक्ने आशंकामा प्रहरीले स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।








Add Comment