म्याग्दी । गएराति परेको अविरल वर्षापछि म्याग्दीको बैसरी क्षेत्रमा पहिरो खस्दा मुस्ताङ जाने सडक अवरुद्ध भएको छ।
वर्षाका कारण सडक माथिबाट आएको पहिरोले सडकमा ठूलो मात्रामा ढुंगा, माटो तथा लेदो थुप्रिएपछि यातायात प्रभावित भएको हो। सडक अवरुद्ध हुँदा मुस्ताङतर्फ जाने तथा मुस्ताङबाट फर्किने सवारीसाधनहरू बाटोमै रोकिएका छन्।

सडकमा खसेको पहिरो हटाउन एक्साभेटर परिचालन गरिएको छ। सडक खुलाउने प्रयास भइरहे पनि पहिरो ठूलो भएकाले यातायात पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने देखिएको छ।
लगातार वर्षा भइरहेकाले उक्त क्षेत्रमा थप पहिरोको जोखिमसमेत रहेको छ। यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।








Add Comment