रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरभित्र रहेका तीन जना बेपत्ता भएका थिए। त्यसपछि स्थानीय र सुरक्षाकर्मीले खोजी थालेका थिए।

खोजीका क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ फलबाङका ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

घटनाबारे थप विवरण तथा पहिरोको क्षतिबारे आवश्यक अनुसन्धान भइरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply