काभ्रेपलाञ्चोक । बनेपामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक सामान्य घाइते भएका छन्।
शुक्रबार बिहान करिब ११:१५ बजे बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटरमा सवार व्यक्ति गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालकको अवस्था भने सामान्य रहेको छ।
दुर्घटनापछि प्रहरीले बस चालकसहित बस र स्कुटरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।