विविध

सिरहाबाट ४९ किलोभन्दा बढी गाँजाजस्तो पदार्थ बरामद

सिरहा । सशस्त्र प्रहरीले सिरहाको सीमा क्षेत्रबाट ४९ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थसहित भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले २०८३ साउन २९ गते औरही गाउँपालिका–४ खजनपुरस्थित सीमा क्षेत्रबाट उक्त पदार्थ बरामद गरेको हो।

बरामद गरिएको पदार्थको तौल ४९ किलो ७६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ। पदार्थ ओसारपसारमा प्रयोग भएको भारतीय नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

बरामद पदार्थ र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।