धनुषा । धनुषाको विदेह नगरपालिका–१० बाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय उमेश मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक हवल्दार विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले पैदल हिँडिरहेका मण्डललाई शंकाका आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उनको साथबाट ३९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
मण्डललाई नियन्त्रणमा लिएर बरामद पदार्थबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








Add Comment