तनहुँ । व्यास नगरपालिका–५ ढोडेनीस्थित जंगलमा बाटो बिराएर अलपत्र परेका चार किशोरीको प्रहरीले सकुशल उद्धार गरेको छ।
मानुङकोट हाइकिङका लागि गएका उनीहरू दिउँसो जंगलमा बाटो बिराएर अलपत्र परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट टोली खटिएको थियो।
प्रहरी टोलीले खोजी गर्दै जंगलमा रहेका चारै किशोरीलाई सकुशल फेला पारी उद्धार गरेको हो। उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।








Add Comment