चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणमा परी स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
आज बिहान करिब ६:४० बजे बस्तीमा प्रवेश गरेको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। आक्रमणबाट गाई सामान्य घाइते भएको जनाइएको छ।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा टोलीले बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।








Add Comment