धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।
आज बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडकखण्डमा दुवैतर्फ सवारी आवागमन रोकिएको हो। पहिरोका कारण यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
बाटो खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ। अहिले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
सडक पूर्ण रूपमा खुलेपछि मात्रै नियमित रूपमा सवारी आवागमन सञ्चालन हुने बताइएको छ।








Add Comment