विविध

१८ वर्षीया युवतीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार राईमाथि युवतीलाई ललाइफकाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनाको वास्तविकता तथा अन्य विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।

पक्राउ परेका राईमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।