गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६, चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका पाँचवटै एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका थिए। तीमध्ये एक थान भाँचिएको र अन्य चार थान खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बरामद भएका बन्दुकहरू कसले र किन जंगलमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।








Add Comment