चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत टोेपे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।
शनिबार साँझ करिब ७ बजे खसेको सुख्खा पहिरोका कारण सडकमा सवारी आवागमन प्रभावित भएको हो। हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको बताइएको छ।
पहिरो पन्छाएर सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक घण्टा समय लाग्ने अनुमान गरिएको छ।
सम्बन्धित निकायले पहिरो हटाउने कार्य अघि बढाइरहेको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ।








Add Comment