विविध

रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तमा ईभी माइक्रोबसको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।

घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार शौचालय जानका लागि गाडीबाट ओर्लिएका बेला उनीहरूलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकसम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।