विविध

पर्वतमा अटो दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब २ः३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३ः३९ बजे उनको मृत्यु भएको हो।

दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियार सहित चार जना घाइते भएका छन्। घाइतेमध्ये बिहादी गाउँपालिका–१ का २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक रहेका छन्।

घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।